सियू पोखरा (तस्बिरहरु)
पाेखरा | असोज १५, २०७९
कास्की ।
दशैँको रौनक गाउँघरमा तातिदै जादा शहरको कोलाहल सुस्ताउदै छ । त्यसो त शहरलाई दशैँ नलाग्ने नै भने होइन ।
कतिपय शहरीयाहरु यस्ता छन् जसलाई गाउँ कहाँ हो भन्नेसमेत पत्तो छैन । उनीहरु दशैँमा शहरमै बस्न बाध्य छन् । तर गाउँघरबाट भविष्य खोज्दै शहर हानिएकाहरु भने दशैँको कोसेली बोकेर केही दिनका लागि पोखरालाई बाइबाई भनिरहेका छन् ।
यतिबेला दशैँ नेपालीहरुको संघारमै आइसकेको छ । त्यसैले पोखरा शहरबाट बाहिरिनेको सँख्या बढ्दो छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार हरेक वर्ष पोखराबाट करिब ५० हजारको सँख्यामा नागरिकहरु दशैँ मनाउन बाहिरिन्छन् ।
तर यस वर्ष भने गाउँ जानेको सँख्या घटेको केसीले बताए । ‘हरेक वर्ष लगभग ५० हजारको सँख्यामा बाहिरिन्छन्, उनले भने, ‘तर यसवर्ष विगतमा जस्तो त्यही चहलपहल छैन । पहिले पहिले त गाडी नै पुग्दैनथ्यो ।’
उनले पोखराबाट सबैभन्दा बढी धादिङका बासिन्दाहरु बाहिरिने गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘दशैँमा सबैभन्दा बढी धादिङका बासिन्दा बाहिरिन्छन् । गाडी चालक र सहचालक मात्रै धादिङका ८० प्रतिशत छन् ।’ उनले भने ।
दशैँका लागि पोखराबाट गाउँ बाहिरिएका यात्रुहरुलाई सुनगाभा न्यूजको लेन्समा कैद गरेका छौं ।
हेर्नुहोस् तस्बिरहरु:-












पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

